रौतहट २० साउन ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ९ ब्रहमपुरी समिप बागमती नदिमा आएको बाढ़को पानी कम भए लगतै कटान सुरु भएको छ । आएको बागमती नदिमा जल स्तर घटे लगतै कटान तीव्र भएको छ । नगरपालिका वार्ड न.६ सेढवा र वार्ड न.९ ब्रहमपुरी सिमाना बिच बागमती नदिले कटान तेज गरेका छन । राजदेवी नगरपालिकाको नगर् प्रमुख भिखारी प्रसाद यादव ले कटान लाई नियंत्रण गर्न प्रयास भईरहेको बताएका छन ।

बागमती नदिले कटान गरिरहेको ठाउ बाट बान्ध (सपर) १५ मिटर मात्र दुर रहेकोले बान्ध जोखिममा रहेको बताएका छन् । बान्ध लाई जोगाउन निर्माण गरिएको स्पर समेत नदिले कटान गरेको बताएका हुन । बान्धको जोखिम देखदै बासको पायलिङ सहितको स्पर बनाउने सुरु गरिएको नगर प्रमुख यादवले बताएका छन् ।

यहीँ बिच बागमती नदिले तेज कटान गरिएको सूचना पाए लगतै रौतहटको उच्च सुरक्षा पदाधिकारी र मेयर सहितको टोली आज स्थलगत निरीक्षण गरेका हुन् ।

रौतहटको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर साही , रौतहटका प्रहरी प्रमुख वीर बहादुर बुढा मगर ,नगर प्रमुख भिखारी प्रसाद यादव, राजदेवी नगरपालिका वार्ड न.६ का अध्यक्ष बिश्वनाथ प्रसाद साह , जसपा नेता रेभन्त झा, नदि निरीक्षण कार्यालयका DE मनोज पटेल लगायतका संयुक्त टोली कटान क्षेत्रको निरीक्षण गरेका हुन् ।

कटान भईरहेको क्षेत्रमा बिहानै देखी स्पर निर्माणमा रौतहटका सुरक्षा निकायका जवान परिचालन गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी साही जनकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here