सर्लाही २१ माघ ।। सर्लाहीमा तीनजना सवार मोटरसाईकललाई स्कुल बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवतीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शनिबार बिहान करिब पौने १० बजेको समयमा मलंगवा नगरपालिका ४ स्थित नवलपुर मलंगवा सडक खण्डमा मलंगवाबाट गमहरियातर्फ जाँदै गरेको ना १ क ४९५१ नम्बरको जेसिस अंग्रेजी आवसीय माध्यमिक विधालयको स्कुल बसले भारतीय नम्बर प्लेटको मोटराइकललाई ठक्कर दिँदा कबिलासी नगरपालिका ९ बस्ने १८ वर्षीय दिपेन्द्र महतोको मृत्यु भएको छ ।

उनलाई दुर्घटना पश्चात प्रादेशिक अस्पताल मलंगवामा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here