काठमाडौं ३२ असार ।। राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे विधेयकसहित १३ वटा विधेयक एकै दिन प्रमाणीकरण गरेकी छन् । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई आएका १३ विधेयक राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (२०) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले बजेटसम्बन्धी, लोकसेवा आयोगसम्बन्धी, नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी, औषधिसम्बन्धी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी, रेल्वे सम्बन्धी र तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here