काठमाडौं ३२ असार ।। प्रिमियर लिग क्लब चेल्सीले सेनेगलका डिफेन्डर कालिडोउ कुलीवालीलाई अनुबन्ध गरेको छ । डिफेन्डर कालिडोउलाई चेल्सीले इटालियन क्लब नापोलीबाट चेल्सीले अनुबन्ध गरेको हो ।
३१ वर्षीय डिफेन्डर कालिडोउले चेल्सीसँग ४ वर्षको सम्झौता गरेका छन् । कालिडोउ २०१४ मा जेन्कबाट नापोली आएका थिए । नापोलीका लागि उनले ३१७ खेल खेलेका थिए । उनले सेनेगलका लागि ६२ खेल खेलेका छन् ।
चेल्सी अहिले प्रि सिजन टुरमा अमेरिका छ ।