रौतहट ३२ असार ।। रौतहटको नुनथरमा परिवारसंग पिकनिकमा आएका एक युवकको डुबेर मृत्यु
भएको छ । युवक नुहाउने क्रममा बागमती नदिमा बेपत्ता भएका थिए । शुक्रबार परिवारसंग रौतहटको नुनथर स्थित बागमती नदी किनारमा वनभोज (पिकनिक) गएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने २० वर्षीय पारश यादव नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।

उनको शव आज (शनिबार) बिहान फेला परेको हो । रौतहटको चन्द्रपुर नगरपालिका १ नुनथरमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा बेपत्ता भएका यादवको रातिदेखि नै प्रहरीले खोजतलास गरको थियो ।

खोजी गर्ने क्रममा बागमती सिचाई आयोजनाको ब्यारेजको ढोकामा अड्कीरहेको अवस्थामा यादवको शव भेटिएको सशस्त्र प्रहरी वेश क्याम्प सन्तपुरका प्रमुख प्रहरी नायव उपरीक्षक योगराज दाहालले जानकारी दिए ।

शवलाई सुरक्षाकर्मीले डोरीको सहायताले निकालेका छन् । शुक्रबार आफ्ना बुबाआमा सहित पिकनिक खान आएका यादव अन्य दुई जना पौडी खेल्न साझ साढे पाँच बजेतिर बागमती नदीमा छिरेका थिए ।

तीनजना मध्ये महाराजा जैसवार र अमर यादवन पौडीएर बाहिर निस्कन सफल भ‌एका थिए भने यादव भने नदीमा डुबेर वेपत्ता भएका थिए ‌।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here