जनकपुरधाम २२ असार ।। मधेश प्रदेशको राजधानी जनकपुरधाममा शान्तिसुरक्षा तथा विपद व्यवस्थापन विषयमा सातवटै प्रदेशका आन्तरिक तथा गृहमन्त्रालय स्तरीय छलफल हुने भएको छ । मधेश प्रदेशका गृह तथा संचार मन्त्रालयको आयोजनामा बिहीबार शान्तिसुरक्षा तथा विपद व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान तथा छलफल हुन लागेको हो ।

छलफलमा सातवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सो मन्त्रालयका सचिवहरु र प्रदेशका मुख्यन्यायाधिवक्ताको सहभागी हुने गृह मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । सो छलफलबाट एउटा साँझा प्रतिबद्धता पत्र जनकपुर समेत जारी गर्ने जनाएको छ ।

छलफलमा सहभागी हुन आज (बुधबार) नै अन्य ६ प्रदेशका आन्तरिक मामिला मन्त्री, सचिव र मुख्यन्यायाधिवक्ता जनकपुर आउन लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here