सर्लाही १७ असार ।। सर्लाहीको दुई पालिकामा प्रदेश स्तरको क्रिकेट स्टेडियम निर्माण हुने भएको छ । महिला बालबालिका युवा तथा खेलकुद मन्त्री माननीय बिरेन्द्र प्रसाद सिंहको अथक प्रयासबाट सर्लाही जिल्लाको धनकौल गाउँपालिका र बरहथवा नगरपालिकामा प्रदेश स्तरको क्रिकेट स्टेडियम निर्माण हुने भएकाे छ । मधेश प्रदेश सरकारले अषाढ १५ गते टेन्डर समेत आहृवान गरेकाे जनाएकाे छ ।

याे स्टेडियम निर्माण भएपछि क्रिकेट प्रेमी खेलाडीहरूकाे बिकासमा ठुलाे टेवा पुगने खेलाडीहरू बताउछन । मधेश प्रदेशकाे बालबालिका युवा तथा खेलकुद मन्त्रीमा बिरेन्द्र प्रसाद सिंह सपथ ग्रहण गरे देखि मन्त्री सिंह युवाहरूकाे वृहतर बिकासकाे लागि असार १५/ १६ गते जनकपुर धाममा युवाहरूकाे महा भेला आयाेजना गर्नु भयाे । राजयकाे हरेक क्षेत्रमा लुकेर बसेका युवा पिडीलाई कृयाशिल र समाजकाे नेतृत्व गर्न प्रेरित गर्ने उदेश्यका साथ मधेश प्रदेशका बालबालिका युवा तथा खेलकुद मन्त्रालयले युवा भेलाकाे आयाेजना गरेकाे जनाएको छ ।

आजका युवाहरूले समाजकाे हरेकाे क्षेत्रमा नेतृत्व नगरे सम्म देश र प्रदेशकाे बिकास सम्भव नरहेकाे मन्त्री सिंहकाे कथन रहेकाे छ । सर्लाही जिल्लाको धनकौल गाउँपालिका र बरहथवा नगरपालिकामा प्रदेश स्तरको क्रिकेट स्टेडियम निर्माण हुने भएपछि क्रिकेट खेलाडीहरूमा नया जाेश र उत्साह बढेकाे सर्लाहीका खेलाडीहरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here