रौतहट १५ असार ।। रौतहटमा जिल्लाको चन्द्रपुर नगरपालिका–९ डुमरीयामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका–९ डुमरीयास्थित मुस्लिम टोलका खुर्सैद राईन भन्ने औसयद महमद कवारीलाई श्रीमती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
कवारीकी २१ वर्षीया श्रीमती तराना खातुन आफ्नै घरको कोठाको पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको थियो ।उनलाई उनको सासु नाजमुन खातुनले देखेपछि सलको पासो काटी तत्काल चन्द्ननिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रालिमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सो घटनाको प्रहरीले अनुसन्धान गर्दा खातुनको घाँटी थिची मारेको खुल्न आएको थियो । हत्या आरोपमा कवारीलाई नियन्त्रणमा लिइ रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।