रौतहट १५ असार ।। हनुमत कु. यादव ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका नगर प्रमुख भिखारी प्रसाद यादवले खेतमा धान लगाई राष्ट्रिय धान बाली दिवस मनाएका छन् । आज असार १५ गते राष्ट्रिय धान बाली दिवस र दहि चुरा खाने दिन रौतहटमा पनि भव्यताका साथ मनाइएको छ । जिल्लाका बिभिन्न स्थानिएतहका नगर प्रमुखहरुले दहि चुरा खाई खेतमा धान रोपी धान बाली दिवस भव्यताका साथ मनाएका छन् ।

जनताको सेवक भई काम गरिरहेका नगर प्रमुख यादवले आफै एउटा किसान परीवार बाट भएको हुनाले आजको दिन मेरो लागी धेरै खुशीको दिन रहेको बताएका छन । आज दिन देखि नेपाली क्यालेन्डर अनुसार नेपालमा धान रोपनी शुभ मानिएको मान्यता रहेको बताएका छन् ।

उक्त कार्यक्रममा नगर प्रमुख, नि. प्र. प्र. अधिकृत सुबोध साह, जिल्ला समन्वय समिति सदस्य सर्फलाल प्रसाद यादव, वडा अध्यक्ष विजय शंकर प्रसाद यादव, नगर कार्यपालिका सदस्य पनालाल महतो , वडा सदस्य कृष्नान्दन महतो, समाज सेवी धनपत यादव कार्यालयका कर्मचरी लगायतका उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here