बारा ०८ असार ।। बारामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको ज्यान गएको छ । अन्य चार घाइते भएका छन् । ज्यान जानेमा बाराको करैयामाई गाँउपालिका १ का २२ वर्षीय तबरेज आलम रहेका छन् ।

कलैया उपमहानगरपालिका २७ स्थित बिजुलपुरबाट कलैयातर्फ आउँदै गरेको ना२८प नम्बरको र विपरित दिशाबाट जाँदै गरेको ना३४प ७९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका आलमलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्त डिएसपी राजेश थापाले जानकारी दिए । दुर्घटनामा सोही ठाँउका २५ वर्षीय नसरुदिन अन्सारी, भारत मोतिहारी पतही बस्ने ३५ वर्षीय सुरेश साह, उनकी श्रीमती ३२ वर्षीया सविता देवी र २२ वर्षीया रामप्रवेश साह घाइते भएका छन् ।

घाइतेमध्ये अंसारी र सविता देवीको अवस्था गम्भीर रहेको छ । उनीहरुको हाल वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here