जनकपुरधाम १७ चैत ।। जनकपुरको पिडारीचोक स्थित नमुना वस्तीको एक घरमा आगलागी भएको छ । बुधबार साँझ स्थानीय अवधकिशोर यादवको घरमा अचानक आलगागी भएको हो । आगलागीमा परेर एकजना बालक घाइते भएका छन् ।

बालकको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । आगलागीको बेला घरमा खाना पकाउने ग्यास सिलिण्डर समेत विस्फोट भएको छ । एउटा सरकारी नम्बरप्लेटको मोटरसाइकल जलेको छ भने घरमा भएको सरसमान जलेको प्रहरीले जनाएको छ ।

जलेको सरकारी मोटरसाइकल सोही घरमा भाडा लिएर बसेका मुजेलिया स्थित सडक डिभिजनको एकजना सवइन्जिनियरको रहेको छ ।
आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागी के कसरी भयो भन्ने अहिलेसम्म खुलेको छैन ।

आगलागीमा भएको सम्पूर्ण क्षति विवरण आउन बाँकी रहेको डिएसपी बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here