जनकपुरधाम २२ जेठ ।। जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस पुलबाट तल खसेर दुर्घटना भएको छ । आज बिहान करिब ४ः३० बजेतिर रूपन्देहीको रोहिणी नदीमा बस दुर्घटना ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट बस रोहिणी नदीमा खसेको हो । लु २ ख ३८४१ नम्बरको बसमा बसमा चालकसहित ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

No description available.

घाइतेहरुको उद्धार गरेर प्रहरीले अस्पताल लगेको थियो । बस दुर्घटनामा २४ जना घाइते छन् । उनीहरूको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल तथा युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । बस रोहिणी नदीमाथिको पुलको बार भाँचेर नदीमा खसेको थियो ।

चालक निदाएको कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here