एजेन्सी २२ जेठ ।। भारतको उत्तर प्रदेशस्थित हापुरमा रासायनिक कारखानामा विस्फोट भएको छ । विस्फोटमा आठ जना जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घटनास्थलमा धेरै दमकल पुगेका र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् ।

विस्फोटमा परी घाइते भएकाहरुलाई अस्पताल लगिएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । हापुरको विद्युतीय उपकरण उत्पादन गर्ने कारखानामा भएको विष्फोटमा १५ जना घाइते भएका तथा आठ जनाको मृत्यु भएको छ हापुरका प्रहरी महानिरीक्षक प्रवीण कुमारले बताए ।

घाइतेको उपचार भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जानकारी दिँदै उनले घटनाका दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच सडक यातायात तथा राजमार्ग तथा नागरिक उड्डयन राज्यमन्त्री विजयकुमार सिंहले घटनामा ज्यान गुमाएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here