जनकपुरधाम २१ जेठ ।। जनकपुरधामबाट जरायोको सिङसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरपालिका २४ बस्ने २० बर्षका सोनु पाण्डे र महोत्तरीको महोत्तरी गाउँपालिका ३ बस्ने रितेश कुमार पाण्डे छन् ।

धनुषा प्रहरीले उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका २४ बाट पक्राउ गरेको हो । उनीहरूको साथबाट खैरो रंगको ३ सिंगे १ थान र कालो रंगको २ सिंगे १ थान काटिएको जरायोको सिंग बरामद भएको गरिएको धनुषा प्रहरीका प्रबक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

सिंग बेचबिखन भइरहेको सूचना आएपछि पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरि आवश्यक कार्वाहीको लागि वन डिभिजन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरी श्रोतका अनुसार ६ लाख रुपैयाँमा उक्त सिंग बेच्न लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here