राैतहट १२ जेठ ।। बृन्दावनका नगरपालिकाका नवनिर्वाचित प्रमुख ले पदभार ग्रहण गरेका छन् ।
पटेलले जनताले आफूलाई दिएको विश्वास पाँच वर्षसम्म कायम राख्ने प्रतिवद्धता जनाए । नवनिर्वाचित मेयर कुर्मीले पदभार ग्रहण गर्ने लगत्तै गरे यी दुई ओटा महत्त्वपूर्ण निर्णय । उनले पहिलो निर्णयको रुपमा वृन्दावन क्षेत्र अन्तर्गत संचालित रहेका बर्थिङ सेन्टरहरुलाई आवश्यक उपकरण सहित व्यवस्थित गरि निशुल्क रुपमा गर्भपरिक्षणको साथै प्रसुती सेवा उपलब्ध गराउने र सो नगरपालिका भित्रका बर्थिङ सेन्टरमा सुत्केरी गराउन न सक्दा अन्यत्र लइजानुपर्ने अवस्था सिर्जना भएमा तत्काल नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।

त्यसैगरी दोश्रो निर्णयको रुपमा उनले सो नगरपालिका भित्रबाट संपादन हुने पन्जिकरण,जन्मदर्ता,विवाह दर्ता र मृत्यु दर्ता लगायत नागरिकताको सिफारिस समेत नि:शुल्क गराइने व्यवस्था निर्णय गरेका छन् ।

२०७४ को निर्वाचनमा काँग्रेसका रामस्नेही यादव सँग पराजित भएका पटेल यसपटक यादवलाई १४३४ मतान्तरले पराजित गरेर निर्वाचित भएका हुन् । पटेलको यो जितसँगै बृन्दावनको नेतृत्वमा एकीकृत समाजवादी अघि बढेकाे हाे । उपमेयरमा भने नेकपा एकीकृत समाजवादीकी सावित्र संगिता कुमारी रामले निर्वाचित भएकी छन् । उनले ५७७२ मत प्राप्त गरेकी हुन् ।

९ वडा रहेको बृन्दावनमा एकीकृत समाजवादीले ५,माओवादी केन्द्रले ३ र एमालेले एक वडा जितेका छन् । काँग्रेसले कुनै पनि वडा जित्न सकेको छैन् । गत स्थानिय तह २०७४ काे निर्वाचन पछि काँग्रेसकै सरकार बनेको थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here