काठमाडौं ७ जेठ ।। युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा बलात्कारविरूद्ध प्रदर्शन गरेका छन्। सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको भनेर एक युवतीले खुलासा गरेपछि युवाहरूले ती युवतीको न्यायको लागि आवाज उठाएका छन् । उनीहरुले बलात्कारीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

विरोध प्रदर्शनमा उत्रिएकाहरुले ‘आखिर कहिलेसम्म ?, स्टप रेप, महिला शरीरको वस्तुकरण बन्द गर, इनअफ इज इनअफ वि विल नट टोलोरेट एनिमोर, पुँजीवादी पृत्तिसत्ता मुर्दावादलगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

 



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here