सप्तरी २ बैशाख ।। सप्तरी घर आगलागीमा परेर ५ वर्षीय बालकको मृत्यु भएको छ । शुक्रवार अपरान्ह ४ बजे जिल्लाको बोदेबरसाई नगरपालिका–१० मा आगलागी हुँदा शत्रुधन यादवका छोरा सैलेश यादवको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बोदेबरसाईन–१० अमरैया टोल बस्ने शत्रुधन यादव, मिन्टु यादव र ओम यादव तीनैजना दाजु भाईको संगोलमा रहेको कच्ची घरमा आगलागी हुँदा बालकको जलेर मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

त्यस्तै सो आगलागीमा परेर १६ लाख भन्दा बढीको क्षती भएको छ । तीनै भाईको संगोलमा रहेको घरमा आगलागी हुँदा १२ लाख बराबरको र रघुनन्दन यादवको घरमा आगो लाग्दा ४ लाख बराबरको क्षती भएको हो ।

सोही स्थानका जागेश्वर यादवको पक्की घरको एउटा झ्यालमा आगलागी हुँदा २० हजारको क्षती भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगो स्थानीय, नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा करिब पौने ५ बजे नियन्त्रणमा आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here