जनकपुरधाम ३१ जेठ ।। जानकी मन्दिरका महन्थ रामतपेश्वर बैष्णवले निकाय जानकी मन्दिरलाई भ्रष्टाचार गर्ने थलो बनाएको आरोप लगाएका छन् । मधेश सरकारको मुख्यमन्त्री स्वच्छता कार्यक्रम अन्तर्गत भएको जानकी मन्दिर सौन्दर्यकरण र वृहत्तर क्षेत्र विकास परिषदबाट मन्दिरमा जडान भएको लाइटमा भ्रष्टाचार भएको उनले गुनासो गरे ।

मन्दिर सौन्दर्यकरणमा मेधश सरकारले टाइल्स मार्वल, मर्मत लगायतको सौन्दर्यकरण लागि ७ करोड २० लाख छुट्याएको थियो । सौन्दर्यकरणको काम अन्तिम चरणमा छ । महन्थ दासले प्रदेश सरकारबाट जडान भएको टाइल्स मार्वल थुप्रै ठाउँमा फुटिसकेको र फुट्ने क्रम जारी रहेको बताउँदै कमसल सामग्री प्रयोग गरेर भ्रष्टाचार भएको आरोप लगाए ।

यस्तै गत आर्थिक वर्षमा वृहत्तर जनकपुर क्षेत्र विकार परिषदले ११ करोड रुपैयाँको लागतमा मन्दिरभरि आकर्षक देखिने लाइट जडान गरेको थियो । सो लाइट दुई महिना पनि नबलेको महन्थ दासको गुनासो छ । जानकी मन्दिरको नाममा लुट्ने काम ठीक होइन । वृहत्तरले ११ करोडमा जडान गरेको विजुली लाइट मिस्त्रीले भने अनुसार १ डेढ महिनामै सबै खराब भइसकेको छ । बल्ने लायक छैन ।

पटक पटक ठीक गर्न आग्रह गर्दा वृहत्तर मिस्त्री नआएको बहाना लगाएर पन्छिरहेको छ।’ महन्थ दासले भने,‘मधेश सरकारले गरेको काम पनि त्यस्तै कमसल छ । जानकी मन्दिरसँग कुनै समन्वय र छलफल नै नगरी विभिन्न निकाय आएर सरकारी रकमको दुरुपयोग गरिरहेको उनले आरोप लगाए ।

‘कुनै काम गर्न आउँदा हामीसँग छलफल गर्दैन । के गर्ने, कसो गर्ने, आउँछ। मनपरी मन्दिरको पुरातत्वमा असर पर्ने गरी कमसल काम गर्छ । भ्रष्टाचार गर्छ, दुरुपयोग गर्छ उनले गुनासो गर्दै भने, ‘म ती निकायहरुसँग आग्रह गर्छु । जे काम गर्नु छ हामीसँग पनि छलफल गरेर राम्रो काम गर्नुस् । मेरो आग्रह छ जानकी मन्दिरमा सौन्दर्यकरणको नाममा भ्रष्टाचार नगर्नुस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here