रौतहट २१ फागुन ।। नेपाली कांग्रेस पार्टी नेपालको १४ औं जिल्ला अधिवेसन स्थगित गरिएको छ । काँग्रेसको राैतहट जिल्ला सभापतिका लागि हुन्नि लागेको निर्वाचन स्थगित गरिएको हो । जिल्ला निर्वाचन अधिकृत दिपक राज रेग्मी सूचना जारी गरिदै स्थगित गरिएको जानकारी गराउनु भएको हो ।

हुन्लागेको निर्वाचनमा आन्तरिक विवादकाे भएका कारण निर्वाचन स्थगित भए पछि स्थानिय,संघिय केन्द्रिय निर्वाचन सके एक वर्ष पस्चात जिल्ला सभापतिको चुनाव हुने मधेश प्रदेश सभापति कृष्ण यादवले बताएका छन ।

नेपाली काँग्रेस रौतहटको १४ औं जिल्ला अधिवेसन शनिबार बिहान ९ बजे देखि मतदान सुरु हुने भनिएको थिएँ । तर प्राविधिक कारण देखाउँदै अधिकृत रेग्मीले आधिकारिक रूपमा निर्वाचन अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित गरिएको नेपाली काँग्रेस निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएका छन् ।

सुनिल यादवको प्यानलबाट उपसभापति धिरेन्द्र कुमार सिंह र राम लोचन साह कलवार छन् भने, हृदयनारायणको प्यानलमा उपसभापति महताब आलम, बिनोद गुप्ता सचिव रामचन्द्र गीरी रहेका छ । रौतहट जिल्लाको क्षेत्र नं ३ मा मतदाता लाई परिचय पत्र उपलब्ध नगराइएकोले आन्तरिक विवादकाे भएका कारण निर्वाचन स्थगित भएको हो ।

काँग्रेसकाे जिल्ला सभापतिकाे निर्वाचनलाई लिएर काँग्रेस काे नेता कार्यकर्ताहरू धेरै उत्साहित थिए । निर्वाचन स्थगन भएको खबर आए सँगै काँग्रेसकाे कार्यकर्ताहरूमा अन्याैलता छाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here