काठमाडौं १८ फागुन ।। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संघीय संसदबाट अनुमोदन भएपछि कर्मचारी माग गरेको छ । एमसिसीको अनुदानमा सञ्चालन हुने परियोजनाका लागि १० जना कर्मचारी माग गरिएको छ ।

मंगलवार अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले विभिन्न १० पदमा कर्मचारी माग गरेको हो । संसदबाट एमसिसी सम्झौता अनुमोदन भएपछि कार्यान्वयनको चरणमा गएपछि कर्मचारी मागिएको हो ।

एमसिए नेपालले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहयोगीसम्मका लागि विज्ञापन आह्वान गरेको हो । योग्यता पुगेका इच्छुकले मार्च १५ सम्म ती पदमा आवदेन दिन सक्नेछन् ।

एमसिसीले अनुदानमा दिने ५० करोड अमेरिकी डलर नेपालका सडकको स्तरोन्नति र विद्युत प्रसारण लाइन बनाउनमा खर्च हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here