जनकपुरधाम १८ फागुन ।। एमसिसी सम्झौत संसदबाट पारित भएपछि अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित भएको दुई दिनपछि ब्लिन्कन र देउवाबीच मंगलबार राति टेलीफोन संवाद भएको हो ।

यो कुरा अमेरीकी विदेशमन्त्री ब्लिनकनले टुइटरमा जनाएका छन् । रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे पनि दुवैजनाबीच छलफल भएको जनाइएको छ ।

त्यस्तै नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोबारे समेत आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री ब्लिन्कनले संकेत गरेका छन् । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीबारे नजिक रहेर निरन्तर काम गर्नेछौं’, विदेशमन्त्री ब्लिन्कनले ट्विट गरेका छन् ।

प्रधानमन्त्री देउवाको सचिवालयले भने उक्त कुराकानीबारे जानकारी सार्वजनिक गरिसकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here