रौतहट ०२ फागुन ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको वडा नं ५ सरस्वती पुजामा विवादको केन्द्र बनेका गाउँ लक्ष्मीनिया हुदै शान्तिपूर्ण एवं सौहाद्रपूर्ण बह्रम बाबाको प्राण प्रतिष्ठानको जलबोझि कलश यात्रा निकालिएको छ । वडा नं ६ पल्टुवा गाउँको बह्रम बाबाको मन्दिरमा प्राण प्रतिष्ठानको पुजाको लागि कन्या कुमारी द्वारा बिशाल कलश शोभा यात्रा निकालिएको छ । ईशनाथ नपाको पल्टुवाबाट सुरु गरिएको कलश यात्रा केही दिनअघि माघ २३ गते हिन्दूधर्मावलीको आस्थाको केन्द्र बिन्दु सरस्वती माताको मुर्ती बिसर्जन गर्ने दिन अराजक तत्व मुस्लिम समुदायका व्यत्तिबाट गरिएको दुस प्रहार लक्ष्मीनिया गाउँ हुदै सम्पन्न भएको हो ।

समाजिक सदभाव कायम राख्ने उदेश्यले समाजमा रहेको गलत मानसिकता जसले धर्मको नाममा समाजिक सदभाव बिगार्ड खोज्नेलाई हिन्दू र मुस्लिम समाजका अगुवाहरु आफै सहभागी भई लक्ष्मिनिया गाउँको बिच बाटो हुदैै शान्तिपूर्ण एवं सौहाद्रपूर्ण बातावरणमा कलस यात्रा निकालेका छन ।

इशनाथ नगरपालिका वडा नं ६ पल्टुवा टोलमा बर्षौ देखि ब्रहम बाबाको मन्दिरमा प्राण प्रतिष्ठानको पुजाको लागि कलश यात्रा सहित शुभारम्भ भएको छ । ब्रहम बाबाको पुजाको अवसरमा कलश शोभा–यात्रा सहित ईशनाथ नगर परिक्रमा गरिएको छ । पल्टुवा टोलमा आयोजना गरिएको बह्रम बाबाको प्राण प्रतिष्ठान पुजा स्थलबाट गाँजाबाजा सहित कलश–यात्रा गरेका छन् । हिन्दू धर्मावलम्बीले कुनै काम सुरु गर्नुअघि गाउँको सबभन्दा पहिला ब्रहम बाबाको पूजा अनिवार्य रुपमा गर्नुपर्छ भने आस्थाका साथ सफल हुने जनविश्वास छ ।

विगतको दिनमा सरस्वती माताको मुर्ती बिसर्जन गर्न बिषयमा मुस्लिम समुदायको महिलाहरुले लक्ष्मीनिया गाउँमा प्रहरी, प्रशासन, स्थानीय र मुर्तीमाथी चप्पल, जुता, ढुङ्गामुढा, लाठी लगायतका सामाग्रीले प्रहार गरेको कारण ठूलो समाजिक सदभाव बिगार्ने किसमिको वातावरण बनाएको थियो । त्यस्तो निन्दनीय कार्य गर्ने व्यक्तिहरुको अगाडीबाट समाजिक सदभाव मजबुत राख्ने उदेश्यले पल्टु गाउँ देखि लक्ष्मीनिया टोल हुदै मुस्लिम समुदायका अगुवाहरुको सद्भावपूर्ण प्रयासमा दुवै समुदायको सहभागितामा बह्रम बाबाको प्राण प्रतिष्ठान पूजनको भव्य रुपमा कलश यात्रा कार्यक्रम सम्पन्न भएको हो ।

विगतको दिनरुमा केहि अराजकतत्वले दुवै समुदायको विच द्वन्द गराएर सामाजिक सदभाव विगार्ने कार्य गरेको थियो । यसमा पनि हिन्दू र मुस्लिम समुदाय विच विबाद उत्पन्न हुने संकेत देखा पर्न सकने सम्भावनाको मध्य नजर गर्दै प्रहरी÷प्रशासले व्यापक रुपमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारेका थिए ।

रौतहट निर्वाचन क्षेत्र नम्बर २ का नेकपा एमाले नेता तथा सांसद प्रत्यासी किरण कुमार साह, इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता, उपप्रमुख, वडाअध्यक्ष लगायत दुबै समुदायका आगुवाहरुको सकारात्मक सोचको कारण दुवै समुदायको सहभागितामा गाउँको बह्रम बाबाको मन्दिरमा प्राण प्रतिष्ठान पुजाको कलश यात्रा कार्यमा हजारौँ कन्या कुमारीद्वारा माटोको भाडो कलशमा जल थाप्न पाएको देखेर स्थानीयहरु हर्षित भए ।

गाउँको बह्रम बाबाको मन्दिरमा प्राण प्रतिष्ठानको पुजाका लागि कन्या कुमारी द्वारा पल्टुवा पुजा स्थलबाट निस्किएको कलश शोभा यात्रामा सांसद प्रत्यासी साहको नेतृत्वमा सयौँ हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरु सहभागी भएर नगरपरिक्रमा गरेका थिए ।
नेता साहले सामाजिक सदभाव कायम राख्न आफु जून सुकै बलिदानी दिन त्यार रहेको बताए । शान्तिपूर्ण कलश शोभा यात्राले हिन्दू मुस्लिम साथ साथ रहेको सन्देश दिएको बताए । उनले भने सामाजिक सदभाव विगार्नेको आफ्नै मुखमा कालो पोतिएको छ ।

नेता साहले सवै जातजाती ,धर्म ,महिला ,पुरुषले समाजको निर्माण भएकोले सवैको आ आफ्नो धर्म मान्नु पर्ने स्वतंत्रताको समरक्षण गर्नु पर्छ । शान्तिपूर्ण बातावरणमा कलश यात्रा संपन्न गराउनेमा सहयोग गर्ने सवै प्रति आभार प्रकट गरेका छन । दुवै समुदायको सहभागिताले सामाजिक सदभावको एकताको सन्देश दिएको बताए । विगतमा हुदै आएको विबाद अंत भएको सन्देश आजको सहभागिता सहयोगले दिएको प्रस्ट गरे । नेता साहले यस्तै सहयोग सहकार्यको आवश्यकता रहेको जोड़ दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here