कार्तिक ११ काठमाडौं ।। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुने भएको छ । ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप-२६) का क्रममा प्रधानमन्त्री देउवा र मोदीबीच साइडलाइन वार्ता हुने पक्का भएको हो ।

सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा भोली स्कटल्याण्ड प्रस्थान गर्दैछन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार त्यहाँ हुने साइड लाइन वार्ताका लागि नेपालले गरेको आग्रह भारतले गरेको छ । देउवा र मोदीबीच २०७४ साल यता भेटवार्ता भएको छैन ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन त्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवा १८ गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here