जनकपुरधाम २४ असोज । व्यापक आलोचनापछि शेरबहादुर देउवा सरकारका उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमालले केहीबेरअघि पदबाट राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हमाल निकट स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र बुझाएर आफ्नो निवासमा फर्किएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा उनी गएको शुक्रबार मन्त्री बनेका थिए ।