रौतहट, १८ चैत ।। गणतन्त्रको पक्षमा नेकपा एमाले रौतहटले विशाल मोटरसाइकिल रैली प्रदर्शन गरेको छ । सोमबार एमाले रौतहटले जिल्लाको मध्य भाग गरुडामा रहेको श्री राम सुगर मिलको प्रांगण देखि जिल्लाको सदर मुकाम गौर सम्म २१ किलोमिटर लामो दूरीको मोटरसाइकिल रैली प्रदर्शन गरेको छ । सदरमुकाम गौरको परिक्रमा गर्दै पीबी चौक ( मधेशी क्रान्ति चौक ) घण्टा घर स्थित कोण सभा गरिएको छ ।
उक्त सभालाई एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इनचार्ज अजय गुप्त सहित जिल्ला अध्यक्ष सचिदानन्दले सम्बोधन गरेका थिए । केन्द्रीय सदस्य गुप्ता विभिन्न सड्यन्त्र गरि केहि अराजक तत्वले जनता लाई भ्रमित गर्न खोजि रहेको छ । हजरौ जनताले आफ्नो बलिदानी दिएर ल्याएको गणतन्त्र लाई समाप्त गर्न खोजिरहेको छ । यो सड्यन्त्र कदापी स्वीकार्य नहुने बताएको छ । साथै यस्तो उछारंग क्रियाकलप गर्ने लाई सिधै जेल हाल्न सरकार संग मांग पनि गरेका छन् ।
राजाबादीहरुले गएको १५ गरेका दिन संघीय राजधानी काठमानडुको तीनकुनेमा आन्दोलनको नाममा खुलेयाम लुटपाट , तोडफोड र दुनिया लाई सूचना प्रवाह गर्ने देशको चौथो अंगको रुपमा रहेको पत्रकार लाई हत्या जस्तो घिनौना हर्कत गरेको प्रतिगामीहरु लाई कानुनको घेरामा ल्याउन समेत मांग गरेका छन् । यस्ता कार्य लाई आयोजित गर्ने पूर्व राजा ज्ञानेन्द्रलाई अविलम्ब पक्राउ गरि जेलमा हाल्नुपर्छ, नेपालमा संविधान भन्दा माथि कोही छैन, देशमा संघीय, लोकतन्त्र र गणतन्त्रलाई खतरा पुर्याउन खोजिरहेकोले यस्ता अराजकता फैलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने बताएका छन् ।
आन्दोलनको नाममा जनता लाई भ्रमित गरि शासन गर्न खोजिरहेको कुनै पनि हालतमा जनताको हित, शान्ति ,समृद्धि र रक्षाको लागि हरदम नेकपा एमाले चाटन बनि उभिने समेत भन्ने । उक्त विशाल मोटरसाइकिल रैली हजारौ मोटरसाइकिल सहित नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।