काठमाडौं, १६ चैत्र ।। काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेको छ । अझै निर्मलनिवास पुगेको छैन । आज शनिबार सार्वजनिक बिदा भएको कारण पत्र निर्मलनिवास नलगिएको जनाईएको छ ।

भोलि (आइतबार) कार्यालय खुल्नेबित्तिकै निर्मल निवासमै लगेर बुझाउने भएको छ । विभिन्न ८ वटा पत्र काटेर महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । तर, महानगरको यस्तो पत्र बाहिरिएसँगै आलोचना पनि सुरु भएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले त महानगरले स्टण्ट गरेको आरोप लगाएका छन् । उनले हिजो तिनकुनेको प्रदर्शनको आयोजक अरु नै संस्था भएकोले ज्ञानेन्द्र शाहलाई पत्र काटिनु गलत भएको टिप्पणी गरेका छन् । उनले मेयर बालेन शाहलाई सम्बोधन गर्दै जरिवाना काटिएका ती पत्र फिर्ता लिन सुझाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here