रौतहट, २४ भदौ ।। रौतहटमा दिन प्रतिदिन आत्महत्याको घटना वृद्धिहुदै गएको छ । झन्डै पौने दुई महिनामा २९ जनाले आत्महत्या गरि ज्यान दिएका छन् । आत्महत्याको घटना वृद्धिहुदै गएको विषय चिन्ताजनक रहेको छ । यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण हुन् जरुरि रहेको देखिन्छ ।

आज जिल्लाको बौधीमाई नगरपालिका वडा नम्वर २ इनर्वा गाउँका २२ बर्षिय रामदिनेश पटेल र निजको २० बर्षिया श्रीमती गिताकुमारी पटेल शनिवार साँझ ६ बजेको समयमा आफ्नै घरमा एउटै पासोमा दुबै जना झुण्डिएर आत्महत्या गरेका छन् । पटेल दम्पती एउटै पासोमा किन आत्महत्या गर्नु पर्यो अहिले सम्म ठोस जानकारी प्राप्त भएको छैनन् ।

प्रहरीले मुचुल्का उठाई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चरम आर्थिक संकट, मानसिक तनाव, विरमी, घरेलु हिंसा, समाजिक लोकलज्जा कारण जिल्लामा आत्महत्या एउटा विकराल रुप लिदै गएका हुन् । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता एवं इन्सपेक्टर उमाशंकर प्रसाद गुप्ताका अनुसार साउन महिनामा १३ र भदौं महिनाको २३ गते सम्म १६ गरेर हिजो सम्म २९ जनाले आत्महत्या गरेको संचारमध्यमलाई जानकारी गराएका छन् ।

जस मध्ये चन्द्रपुर नगरपालिकामा मात्र ९ र गुजरा नगरपालिकामा २ जना गरेर इप्रका चन्द्रपुर क्षेत्रमा ११ जनाले आत्महत्या गरिसकेको इप्रका चन्द्रपुरका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

जिल्लामा कार्यरत विभिन्न संघसंस्थाहरु प्रहरी संग समन्वय गरेर आत्महत्या रोकथामका लागि रौतहटको १८ वटै स्थानीय तहमा व्यापक जनचेतना जगाउनुपर्ने आवश्यक रहेको समाजिक अभियान्ताहरु भन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here