काठमाडौं २६ असार ।। घरेलु टोली इङ्ग्ल्यान्डलाई लगातार दोस्रो टी २० मा ४९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले एक खेल अगावै श्रृङ्खला जितेको छ । भारतले दिएको १७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड १७ ओभरमा १२१ रनमा समेटियो । इङ्ग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३५ रन बनाए । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनायो । भारतका लागि रवीन्द्र जेडेजाले सर्वाधिक ४६ रन बनाए । इङ्ग्ल्यान्डका क्रिस जोर्डनले ४ विकेट लिए । यस अघि पहिलो खेल भारतले ५० रनले जितेको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here