रौतहट, ०४ चैत ।। रौतहट जिल्लाको परोहा नगरपालिका वडा न. – ९ खापर टोलमा गोली हानी IME लुटपाट गर्न खोज्ने संलग्न ३ जना भारतीय अपराधीलाई पत्रकार सम्मेलन मार्फत आज जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको छ । जिल्लाको परोहा नपा वडा नं ९ रामपुर खाप चौक स्थित शिव मनी ट्रान्सफर संचालक २६ बर्षीय नितेश साहलाई भारत बिहार मोतिहारी जिल्ला निवासी चिरैया दिपही गाउँ वडा नं २ बस्ने १९ बर्षीय मुनिफ कुमार यादव, चिरैया दिपही गाउँ वडा नं २ १८ बर्षीय राज कुमार पासवान उर्फ सुभाष पासवान र चिरैया दिपही गाउँ वडा नं २ बस्ने २० बर्षीय चन्द्रभान सिंह उर्फ गोबिन्द साहले शुक्रबार बिहान १० बजेको क्रममा गोली हानी IME मा रहेको रकम लुट्न खोजेको थियो ।

शुक्रवार साहले संचालन गरेको शिव मनी ट्रान्सफरमा स्वचालित पेस्तोल र कटुवा बोकेर आएका तिन जना भारतीय अपराधीहरुले काउन्टरमा बसेका संचालक साहलाइ गन प्वाइन्टमा लिएर भएको रकम लिएर निस्कने क्रममा अवरोध खडा गरेपछि गोली फायर गर्दा साहको कञ्चटमा लागेको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।

साहलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पुर्याइएकोमा यहाँ सामान्य उपचार पछि थप उपचारको लागि एलएस न्यूरो परवानीपुर बाराको सघन उपचार कक्ष (आइस्यू) मा उपचार गर्न पठाइएकोमा आँखामा समस्या देखिएकोमा थप उपचारको लागि तिलगंगा अस्पताल काठमाडौं रेफर गरिएको तथा गम्भीर घाइते साहको पनि साहको अवस्था स्थिर रहेको डिएसपी गिरीले भनिन ।

घटना लगतै सीमापारी भाग्छन् भने आशंकाको आधारमा सीमा क्षेत्रमा व्यापक संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको तथा सोही क्रममा स्थानीयहरुले खटेदै दशगज्जा क्षेत्रबाट तिनै जना अपराधीलाई नियन्त्रणमा लिएको उनले जानकारी गराइन् ।

भारत विहार राज्यको पूर्वी चम्पारण मोतिहारी जिल्लाको चिरैया थाना अन्तर्गतको दिपही गाउँका १९ बर्षिय मुनिष भन्ने मुनिफकुमार यादव, सोही स्थानका १८ बर्षिय राधा भन्ने राजकुमार पासवान र २० बर्षिय चुनु कुमार सिंह भन्ने चन्द्रभान सिंहलाई पक्राउ गर्न सफल भएको उनले स्पष्ट पारिन् ।

उनीहरुका साथबाट विआर ०६ सीएल ९७९६ अपाचे बाइक, एक राउण्ड खोका, एक थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा प्रयोग हुने ८ एमएम कैलिवर भएको गोली थान १, ७.६२ एमएम को गोली अर्ध स्वचालित पेस्तोल थान एक र सोमा लाग्ने म्याग्जीन एक थान र सोको गाली राउण्ड ५ थान र फायर भएको बुलेट एक थान तथा लुटपाट गरिएका एक लाख २५ बरामद गरिएको उनले जानकारी दिइन् ।
पक्राउ परेका तिनै जनालाई ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको डिएसपी गिरीले जानकारी दिइन् ।
को हुन् त चन्द्रभान सिंह ?

चन्द्रभान सिंह भारतको गोवामा एउटा क्लवमा सेक्युरेटी चेकजाँचको काम गर्दै आएका थिए । विहारको मुंगेरबाट १४ हजार भारुमा चाइनिज जस्तै देखिने स्वचालित पेस्तोल र कटुवा पेस्तोल किनेका थिए । विहारमै एउटा बैंक लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेर तिन महिना अघि बेल पाएर रिहा भएपछि पुनः गोवा पुगेर काम गरी १५ दिन अघि मात्रै घर फर्किएको अनुसन्धानबाट खुलेको डिएसपी गिरीले भनिन् । गोवामा बसाईकै क्रममा पक्राउ परेका अन्य दुई जना संग इन्टाग्राममा सम्पर्क गरेर घटना घटाउन छलफल गरे अनुसार पाँच दिन अघि आएर शिव मनी ट्रान्सफरको रेकी गरेको उनले भने ।

मुनिफकुमार यादव र चन्द्रभान सिंहले हतियार लिएर मनि ट्रान्सफमा प्रवेश गरेको देखिन्छ भने पासवान खाली हात प्रवेश गरेको सिसिटिभी फुटेजको मद्दतबाट अनुसन्धानमा देखियो । एउटा हतियार फेला परेपनि सिसिटिभीमा दुई हतियार देखिदा पुनः दशगज्जा क्षेत्रमा सर्च गर्दा बाँसघारीमा पाँच राउण्ड लोड गरिएको चाइनिज स्वचालित पेस्तोल बरामद गर्न सफल भएको डिएसपी गिरीले पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठको भनाई

सोही पत्रकार सम्मेलनमा रौतहट प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठले घटना पश्चात आफनै कमाण्डमा सिमा क्षेत्रमा नाकाबन्दी गर्दा अपराधीहरलाई समात्न सफल भएका छौं । चुनौतीपूर्ण घटना भएपनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको तदारुक्ताको कारण सीमावर्ती क्षेत्रबाट समात्न सफल भएको भएपनि भारतबाट आउने सवारी साधन माथि कडाईका साथ चेकजाँच भईरहेको यस्ता घटनाहरुलाई दोहोरिन नदिन प्रहरी अहोरात्र खटिरहेको हुँदा आम मानिसहरुले पनि प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।

सीमा क्षेत्रमा यस्ता घटना हुन नदिन बेलाबखतमा काउण्टर पार्टसका सुरक्षाकर्मीहरु विच समन्वय बैठक बसेर सुचना आदानप्रदान गरेर अपराधिक कार्यहरु रोकथामको सन्दर्भमा कामहरु भईरहेको हुँदा खुला सीमा खासै चुनौतीपूर्ण रहेको लाग्दैनन् । नहुनुपर्ने घटना भईहाल्यो यसैलाई लिएर नकारात्मक सोच बनाउनु हुँदैनन् यो भन्दा बढि जघन्य प्रवृतिका अपराधहरुलाई हुनबाट जोगाइएका छौ । खास गरेर सीमावर्ती क्षेत्रमा नागरिकहरुलाई सजग बनाउन नागरिक सुरक्षा कार्यक्रमहरु संचालन गरेर अपराधलाई पूर्ण रुपमा नियन्त्रण गर्ने दाबी एसपी श्रेष्ठले गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here