रौतहट, ११ माघ ।। आज राष्ट्रियसभा सदस्य निर्वाचन शान्तिपूर्ण सम्पन भएको छ । मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न मतगणना अनुसार गठबन्धनका उम्मेदवार पुजा चौधरी र आनन्द ढुंगाना बिजयी भएका हुन् ।

जसपाकी चौधरीले ७ हजार ९२३ र काङ्ग्रेसका ढुंगानाले ७ हजार ३७० मतसहित विजयी भएका हुन् । दुवै जना गठबन्धनका साझा उम्मेदवार हुन। त्यस्तै एमालेका उम्मेदवारले २हजार ४८४ मत पाउँदा जनमत उम्मेदवारले १ मत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here