काठमाडौं, १४ पुस ।। गृह मन्त्रालयले ललितपुरको बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै सातदोबाटोका प्रमुख उमेश जोशी (डिएसपी) र मन्त्री प्रकाश ज्वालाका पिएसओ बोधराज दनुवार (सई) लाई निलम्बन गरेको छ ।

आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सुरक्षा अधिकारीहरूको बैठकले बालकुमारी घट्नामा प्रहरीले संयमता नअपनाएको भन्दै ती अधिकारीलाई निलम्बन गरेको हो ।

सरकारले सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानेको छ । यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर तानिएको छ । हिजो (शुक्रबार) बालकुमारी घट्नामा प्रहरीको गोली र आक्रमणले गर्दा दुई युवाको निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here