रौतहट, २९ कार्तिक ।। राैतहट जिल्लाको बौधिमाई नगरपालिकाको सहयोग तथा रौतहट क्रिकेट संघको आयोजनामा भभएको मेयर कप क्रिकेट प्रतियोगितामा अजगैबी टीमले सानदार जित हासिल गरेका छन् । बुधबार बौधिमाई मेयर कप टी-२० क्रिकेटको फाइनल खेलमा वडा नम्बर १ र वडा नम्बर २ बिच प्रतिस्पर्धा भएको थियो । वडा नम्बर १ अजगैबी टीमले १३६ रनको ठुलो अंतरालले विजयी भएका छन् ।

 

जिल्लाको बौधिमाई नगरपालिकाको नगरप्रमुख प्रदिप यादवले विजेता तथा उपविजेता टीमका उत्कृष्ट खेलाडीलाई प्रमाण पत्र, शिल्ड बाट सम्मान गर्दै उनीहरूलाई अन्तर्राष्ट्रियस्तरमा खेलेको हेर्न अपेक्षा सहित बिश्वास रहेको बताउनुभयो ।

बौधामाई नगरपालिकाको गुजरामाई ग्राउन्डमा भएको मेयर कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रशंसा गर्दै मेयर यादवले उनीहरुलाई अन्तर्राष्ट्रियस्तरका खेलाडी बनाउन आफु संग हुने हर सम्भव प्रयास गर्ने बताएका छन् ।

मेयर यादवले आफु विद्यार्थी भए देखि नै खेलमा रुचि राख्दै आएकाले मेयर कपको आयोजना गरि उत्कृष्ट खेलाडीहरुको प्रदर्शनलाई सम्मान गर्दै उनीहरूलाई राष्ट्रिय देखि अन्तर्राष्ट्रियस्तरमा खेलेको देख्ने सपना रहेको बताउनुभयो ।

क्रिकेट जगतमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन थालेकाले बौधिमाई नगरपालिकाबाट पनि क्रिकेटका खेलाडीहरु उत्पादन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मेयर यादवले बताउनुभयो ।

राम्रो खेलाडी उत्पादन गर्न सके नगरपालिकाको मात्र होइन देशकै क्रिकेट क्षेत्रको मेरुदण्ड सबल हुन्छ `उनलेे भने´क्रिकेटको विकासका लागि कुनै कसर बाँकी राख्दैनौ । सो गुजारामाई फिल्डलाई आफ्नो कार्यकाल भित्र क्रिकेट स्टेडियमबनाउने प्रतिबद्धता समेत गर्नुभयो ।

टस जितेर पहिला फिल्डिङ गरेका वडा नम्बर २ का टीमले निर्धारित ओभरमा प्रतिस्पर्धी वडा नम्बर १ का टीमलाई २३३ रनमा रोकेका थिए ।

जम्मा २३३ रनमा १७ बलमै ५२ रनको विष्फोटक बालेबाजी गर्दै अजगैबी टिमका सरोज यादवले सर्वाधिक ८५ रन जोडेका थिए । त्यस्तै टीमका कप्तान राहुल यादवले ४८ रन जोडेका थिए।

कुनै समय सय रन समेत नपुग्ने अवस्थामा रहेका अजगैबी टीमले यी दुई खेलाडीका कारण निरर्धारित २० ओभरमा २३४ रनको विशाल लक्ष्य दिएको थियो । २३४ रनको लक्ष्यलाई पछ्याउँदै वडा नम्बर २ का खेलाडीहरुले ९७ रनमै अलआउट भएका थिए ।

मेयर यादवले सो प्रतियोगिताको विजेता टिमलाई ५१ हजार रुपैया र उपविजेता टीमलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

स‍ो प्रतियोगिताको फाइनल खेलमा नगर उपप्रमुख प्रमिला जैसवाल, निमित प्रमुख प्रशासकीय अधिकृत प्रमोद राय यादव,लेखापाल अरविन्द कुमार यादव,शिक्षा संयोजक रमेश यादव, वडा अध्यक्ष मुक्ति नारायण मिश्रा, बिन्देशवर राय यादव ,तुरुन्त नारायण यादव ,नरेन्द्र कुमार सिन्हा ,लक्ष्मीनारायण यादव ,धर्मेन्द्र प्रसाद पटेल लगायतको उपस्थिति रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here