जनकपुरधाम, २१ कार्तिक ।। मधेश सरकारले जाजरकोट र रुकमको भूकम्प प्रभावितलाई राहत पठाउने निर्णय गरेको छ । सोमबार बसेको मधेश सरकारको विपद व्यवस्थापन समितिको बैठकले ६० लाख मूल्य बराबरको खाद्यान्न राहत स्वरुप पठाउने तयारी निर्णय गरेको हो ।

गृह, संचार तथा कानून मन्त्री मोहम्मद समिमका अनुसार चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री राहत स्वरुप पठाइने छ । सामग्री खरिद गर्न अर्थ मन्त्रालयबाट रकम माग गर्ने र यसविषयमा मन्त्रीपरिषद बैठकबाट समेत निर्णय हुने मन्त्री समिमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here