रौतहट, ३१ भदौ ।। रौतहट प्रहरी द्वारा अवैध पटाखा बरामद गरिएको छ । बेवारिसे अवस्थामा राखिएको पटाका बरामतद गरेको हो । इलाका प्रहरी कार्यलय मौलापुरबाट खटिएका प्रहरी सहाय निरीक्षक प्रकाश चौहान नेतृत्वको टोलीले मौलापुर बसपार्कबाट बेवारिसे अवस्थामा पटाका बरामद गरेको हो ।

बोरामा लुकाइछिपाइ ल्याइ राखेको अवस्थामा पटाका ५० पाता (२० बंडल) नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक चौहानले जानकारी दिए ।

भारतबाट भन्सार छली गरेर बंकुल नाका हुँदै मौलापुरमा ल्याइ राखेको अवस्थामा उक्त पटाका बरामद गरिएको हो । बरामद गरिएको पटका जिल्ला भन्सार कार्यलय गौरमा पठाइएको र पटाका ल्याउने मानिसको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यलय मौलापुरले जानकारी दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here