रौतहट, २९ भदौ ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा तिज तथा दर खुवाउने पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान् चार्ड हरितालिका तिजको अवसरमा अन्तर पार्टी महिला सञ्जालको पुर्व अध्यक्ष गिता देवि महतोको आयोजनामा दर खुवाउने र तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
महिलाहरुले नेपाली तीजका गीतहरुमा भरमग्दुर मनोरन्जन लिदै कम्मर भाँचीभाँची नाचेका थिए भने स्थानिय कलाकरहरुले प्रस्तुत गरेका थियो । नृत्य, गायन तथा अन्य प्रस्तुतीले कार्यक्रमको साङ्गितिक माहोल झनै तताएको थियो । कार्यक्रमलाई रौनक बनाउन महिलाहरुको भिडमा पुरुषहरुले पनि प्रस्तुति दिएका थिए ।
उक्त कार्यक्रमको प्रमुख अतिथि गौर नगरपालिकाको नगर प्रमुख आदरणीय समाजसेवी शम्भु साह, बिशिष्ठ अतिथि रौतहट क्षेत्र नं १ को प्रदेश सभा सदस्य तथा नेकपा एसको महिला नेत्री मा.किशोरि देवि, गौर नगरपालिकाको उप मेयर सैल देवि साह, राजदेवी नगरपालिकाको उप मेयर राज कुमारी देवी, नेपाली कांग्रेसको महिला संघका जिल्ला सभापति तथा ईशनाथ नगरपालिकाको मेयर प्रत्यासी महिला नेत्री अन्जु झा , गौर नगरपालिका वडा नं ५ को वडा अध्यक्ष सिवसंकर कुशवाहा लगायत बिभिन्न पार्टीको महिला नेत्री तथा नेता गंनहरुको उपस्थित रहेको थियो।