रौतहट ०१ भादौ ।। नेपाल स्वयंसेवक संघ मधेश प्रदेश द्वारा आरती शाहका हत्यारालाई कारबाही गर्न मांग सहित रौतहटका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमंत्री लाई ज्ञापनपत्र बुझाईएको छ । दाइजो नल्याएको निहुँमा हत्या गरिएकी जनकपुरकी आरती शाहको परिवारप्रति ऐक्यबद्धता जनाउँदै दोषीलाई छिट्टै कानूनी दायरामा ल्याउन नेपाल सरकारसँग नेपाल स्वयंसेवक संघ मधेश प्रदेशले माग गरेको छ । संघले रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमंत्री लाई एक ज्ञापनपत्र बुझाएका छन् ।

प्रत्येक नेपाली नागरिकको न्याय पाउने अधिकार नेपालको संविधानमा सुनिश्चित गरेको हुदाहुदै पनि दाइजोको निहुमा गरिएको हत्याको घटनामा निष्पक्ष छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउन माग गरेको हो । सरकारले कुनै सुनुवाई नगरी अभियुक्तलाई जोगाउने नियत राखेर पीडित परिवारको आन्दोलन समाप्त पार्ने गरी सरकारको निर्देशनमा प्रहरीद्वारा गरिएको ज्यादती, शोषण, दमनप्रति स्वयंसेवक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महिला प्रहरी हुदा हुदै आन्दोलनमा बसेका मिला लाई पुरुष प्रहरीले शरीरका संवेदनशील अंगमा हात लगाई गाडि भित्र हालेको घटना समाजिक संजाल व्यापक रुपमा देखिएको नेपाल सरकारका गृह मंत्रालयको आदेशमा आन्दोलनकारी लाई पक्राउ गर्न गएका पुरुष प्रहरीले महिला माथी गरेको दुर्व्यवहार प्रति घोर निंदा गर्दै दोषी प्रहरी माथी कार्यवाही गर्न समेत स्वयंसेवक संघले मांग गरेका छन् ।

मृतक शाहको न्यायका लागि माइती पक्ष काठमाडौँको माइतीघरमा धर्ना बस्न थालेको ६४ दिन बितिसक्दा समेत सरकारले बेवास्ता नगरेको संघकी प्रवक्ता पूजा पाठक तिल्सिनाले बताएकी छिन् । मृतक शाहको न्यायका लागि संघकी प्रवक्ता तथा प्रदेशका फोकल पर्सन पूजा पाठक र जिल्लाका फोकल पर्सन राकेश कुमार यादवले संयुक्त रूपमा प्रजिअ मार्फत प्रधानमंत्री लाई ज्ञापन सौंपेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here