जनकपुरधाम, ०१ असार ।। पशुमा फैलिएको महामारी लम्पी स्किन रोग नियन्त्रण गर्न मधेश सरकारले भ्याक्सिन खरिद गर्ने भएको छ । गृह सञ्चार तथा कानुन मन्त्रायमा आज गृहमन्त्री समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा आज बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले लम्पी स्किन रोग नियन्त्रणको लागि पशुलाई लगाउन एलएसडी नामक भ्याक्सिन खरिद गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई ७७ लाख रुपैयाँफउपलब्ध गराउने निर्णय भएको मन्त्रालयका सचिव उमेश ढकालले जानकारी दिए ।

उनका अनुसार बैठकबाट प्रदेश मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना स्वीकृत गर्ने, हाल वर्षातको मौसम रहेकोले बाढी, डुबान, कटान, चट्याङ्ग लगायतका घटनाहरुबाट हुन सक्ने धन जनको क्षतिलाई न्यूनीकरण गरी राहत, उद्धार कार्यलाई तदारुकताका साथ गर्न गराउन सबै सरकारी एवं गैरसरकारी निकायहरुलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here