रौतहट ०२ चैत ।। रौतहट जिल्लाको सदर मुकाम गौर नगरपालिकामा अल नेपाल ईण्डिया नातिया मुशायरा तथा तिलक दाईजो मुक्त अभियान कार्यक्रम भव्यता साथ गरीएको छ ।
अल नेपाल ईण्डिया नातिया मुशायरा तथा तिलक दाईजो मुक्त अभियान गौर नपा वडा नं-९ सिर्सिया आयोजित दाईजो मुक्त कार्यक्रममा पत्रकार मो. मोजिबुल्लाह बोल्दैले दाइजो प्रथा सामाजिक अपराध र समाजिक कुरीती रहेको बताएका छन् ।
बुधबार अल नेपाल ईण्डिया नातिया मुशायरा तथा दाईजो मुक्त गौर नपा वाड नम्बर ९ सिर्सियामा आयोजित दहेज मुक्त अभियान कार्यक्रमलाई सम्बोधन गर्दै दाइजो प्रथा सामाजिक अपराध रहेको बताएका हुन् साथै यस लाई अन्तय गर्न हामी सबैले हाथेमालो गरी यस लाई समाप्त गर्नु पर्छ भने जोड दिए ।
पत्रकार तथा दाईजो मुक्त अभियानको सल्लाहकार मो.मोजिबुल्लाहले दाइजो प्रथा अन्त्य गर्नुको विकल्प नरहेको पनि बताएका छन् । दाइजोको नाममा समाजमा आपराधिक घटनाहरू बढिरहेको र त्यस्ता अपराध अन्त्य गर्न सबै आ–आफ्नो ठाउँबाट जुट्नुपर्ने बताए ।
समाजको आधा हिस्सा ओगटेका महिलाहरूलाई शिक्षा क्षेत्रको पहुँचमा पुर्याउनुपर्ने र शिक्षामा महिलाको पहुँच नभएसम्म समाजले विकास गर्न र कुरीतीहरु अन्तय गर्न नसक्ने वाहाको बुझाई रहेको बताएका हुन ।