रौतहट २७ माघ ।। रौतहटकाे बौधिमाई नगरपालिकाको छैटौ नगरसभा बिहिबार सम्पन्न भएको छ । नगरपालिकाले विभिन्न बाधा अवरोधले गर्दा असाढ १० मा हुने निति तथा कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । जिल्लाको बौधिमाई नगरपालिकाको नगरप्रमुख प्रदिप यादवले गत असाढ १० गतेका दिन गरेको नगर सभा गणपुरक संख्या अपुग भएकाले रद्द भएका थिए । तत्पश्चात विभिन्न जनप्रतिनिधिहरुको आपसी असन्तुष्टिका कारण अहिलेसम्म नगरसभामा ढिलाइ भएको उपस्थित जनप्रतिनिधिहरुले बताएका छन् । ढिलो भयो तन्दुरुस्त भयो´ वडा अध्यक्ष तुरन्त नरायणयादवले बताए ।
नगरप्रमुख प्रदिप कुमार यादवले उद्घाटन गरेको नगरसभाले सभामा चालू आवका लागि कुल बजेट ५४ करोड ८२ लाख ८३ हजार रकम प्रस्तुत गरेका छन् ।
नगरसभामा उपप्रमुख प्रमिला जैसवालद्वारा प्रस्तुत प्रतिवेदनमा संघ र राजस्व वितिय समानिकरण:९ करोड २ लाख २७ हजार,संघ समानिकरण अनुदान – ११ करोड ९६ लाख, संघ सशर्त अनुदान (चालू) १२ करोड ८८ लाख ७५ हजार,संघ सशर्त अनुदान (पुजिगत) २ करोड ७८ लाख ५० हजार,प्रदेश राजस्व वाडफाड-३२ लाख ९१ हजार ७ सय १८, प्रदेश समानीकरण अनुदान – ७६ लाख ६६ हजार,प्रदेश सरकार स-शर्त अनुदान. २ करोड २५ लाख,प्रदेश विशेष अनुदान (पुजिगत)- ३० लाखा ,प्रदेश सम्पुरक अनुदान ( पुजीगत) २० लाख,सडक बोर्ड नेपाल :- ३३ लाख, आन्तरिक आय (घर जग्गा रजिष्ट्रेशन) शुल्क तथा अन्य आय समेत:- २करोड ३४ लाख ८१ हजार ७ सय ९०
,समाजिक सुरक्षा अनुदान ११ करोड ४८ लाख ९१ हजार ५ सय ५८,बहुक्षेत्रीय पोषण कार्यक्रममा १६लाख गरि जम्मा बजेट ५४ करोड ८२ लाख ८३ हजार प्रस्तुत गरेकी छन् ।
नगरसभामा नगरप्रमुख यादवलेले पारदर्शी, जनउत्तरदायी र समृद्ध नगर निर्माणका लागि आफ्नो टिम केन्द्रित रहेको बताए । प्रमुख यादवले इमन्दारिता र आर्थिक पारदर्शीका आधारमा काम अघि बढाइने भन्दै सबै पक्षको सकारात्मक सहयोगले काम गर्न थप ऊर्जा मिलने समेत बताए । नगरसभामा वडा नम्बर ४ का वडा अध्यक्ष तुरुन्त नरायण यादवले उद्घोषण गरेका थिए भन्ने वडा नम्बर ९ का वडा अध्यक्ष मुक्ति नरायण यादव,वडा नम्बर ८ का वडा अध्यक्ष बिन्देश्वर यादव,वडा नम्बर ५ का वडा अध्यक्ष लक्षमी नरायण यादव लगायतका वडा अध्यक्षहरुले आफ्नो मन्तव्य राखेका ।