जनकपुरधाम २२ माघ ।। मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा मधेश प्रदेश सरकारले करिब ११ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०७९/८० का लागि मधेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट ल्याएकोमा ६ महिनामा १०.९० प्रतिशत अर्थात ५ अर्ब ११ करोड ६ लाख ८ हजार १ सय रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत मनोजकुमार झाले जानकारी दिए ।

मधेश सरकारले ६ महिनाको अवधिमा पूँजीगत तर्फ १०.२४ प्रतिशत र चालु तर्फ ११.६२ प्रतिशत बजेट खर्च भएको लेखा नियत्रक कार्यालयको तथ्यांक छ । मधेश सरकारले पूँजीगत तर्फ २५ अर्ब ९७ करोड २० लाख ८० हजार विनियोजन गरेकोमा २ अर्ब ६५ करोड ९२ लाख ५१ हजार ६५७ र चालु तर्फ २० अर्ब ९० करोड ८८ लाख ६६ हजार विनियोजन गरिएकोमा २ अर्ब ४५ करोड १३ लाख ५६ हजार ४४३ रुपैयाँ खर्च गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here