काठमाडौँ ०६ माघ ।। नेपाली कांग्रेसले उपसभामुखमा पनि उम्मेदवारी दिने भएको छ । शुक्रबार विहान कांसभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उपसभामुख उठाउने निर्णय गरेको हो । कांग्रेसले उपसभामुखमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले रातोपाटीलाई बताए । कांग्रेस केन्दीय सदस्य समेत रहेकी यादव समानुपातिकबाट सांसद भएकी थिइन् ।

कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो । उनी एमालेका देवराज घिमिरेसँग पराजित भएकी थिइन् । सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उम्मेदवार बनाएको छ ।

विपक्षी गठबन्धनमा सम्बद्ध एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग महिला सांसद नभएकाले कांग्रेसले नै उपसभामुखमा उम्मेदवारी दिन लागेको हो । सभामुखमा घिमिरे निर्वाचित भएकाले महिला नै उम्मेदवार बनाउनुपर्ने अवस्था छ । त्यसलाई मध्यजर गरी कांग्रेसबाटै उम्मेदवार खडा गरिएको ती पदाधिकारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here