रौतहट ०४ माघ ।। रौतहट लगायत ३ जिल्लामा शुद्ध खानेपानी (हैण्डपाईप) जडानको नाममा एक संस्थाको असुली धन्दा तिब्र रुपले चलिरहेको छ । जिल्लाको एक गैरसरकारी संस्थाले विदेशी दातृ निकायको रकम अनियमितता गर्न शुद्ध खानेपानी (हैण्डपाईप) जडानको नाममा सर्वसाधारणसंग अनाधिकृत रुपमा रकम असुली धन्दामा लागेको पाइएको छ ।

सन् १४४४ AH को लागि नेपालमा कुवा खन्ने परियोजना एक अल रेयान शैक्षिक तथा परोपकारी केन्द्र नेपाल नामक संस्थालाई नि:शुल्क रुपमा हैण्डपाइप जडान गर्नुपर्नेमा प्रतिबद्धता साथ ईनार/नविर मोहसेन अल महरीद्वारा गरिब, असहाय, मजदुर र अति विपन्न परिवारका लागि शुद्ध बिना आर्सेनिक भएको पानी खाने उदेश्यले प्रतिव्यक्तिको घर आगनमा १ सय ५० फिट भन्दा माथि कम्तीमा ३ सय ५० फिट सम्म पाइप जडान गरि त्यसमा लाग्ने मजदुरी, मिस्री, गिट्टी, बालुवा, ईट्टा, सिमेन्ट, खाना, खाजा सबै कुरा संस्थाले दिनुपर्नेछ छ तर यहाँ गरिब सर्वसाधारण जनतालाई मुर्ख बनाउदै आफ्नो व्यक्तिगत फैदा उठाई यी संस्थाका मालिकले २५ फिट, ३५ फिट बढीमा ५० फिट पाइप जडान गरे वापत २ हजार देखि १८ हजारसम्म रकम असुली गरिरहेको खुलेको छ ।

अति गरिव एवं विपन्न नागरिकहरुलाई शुद्धपानी खुवाउने उद्देश्यले साउदी अरब, फ्रान्स लगायत मुस्लिम समुदायको बाहुल्याता भएको विभिन्न देशहरुले नेपालका केही गैरसरकारी संस्थालाई निःशुल्क रुपमा २ सय देखि लिएर ३ सय फिटसम्म हैण्डपाइप (कल) जडान गर्न ठुलो मात्रामा रकम उपलब्ध गराउँदै आएको छ ।
यसरी बिदेशी दातृ निकायको सहयोग अर्थात अनुदान रकम पाउनेमा रौतहटको संस्था अल रेयान शैक्षिक तथा परोपकारी केन्द्र नेपाल पनि रहेको छ ।

यस संस्थाले २ सय देखि लिएर ३ सय फिटसम्म हैण्डपाइप नि:शुल्क रुपमा जडान गर्न बिदेशी दातृ निकायबाट अनुदान रकम पाएका छन तर यस परोपकारी केन्द्र नेपालका अध्यक्ष परोहा नगरपालिका २ जिंगडवा बेलबिछवाका ३५ वर्षीय मोहम्मद गुरफान आलमले आफ्नो मातहतमा खटिने मिस्री र कर्मचारीलाई २५ देखि ५० फिटसम्म मात्र हैण्डपाइप जडान गराई प्रति व्यक्ति २ हजार देखि लिएर ५ हजार लिने निर्देशन दिएका छन् भने १ फिट भन्दा माथि जडान गराउन चाहिने व्यक्तिसँग १८ हजार देखि २५ हजार सम्म रकम असुली गरिरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।
यस संस्थाले जिल्लाको परोहा, राजपुर, इशनाथ, बौधिमाई, देवाही गोनाही, मौलापुर, कटहरिया, गुजरा, गरूडा, माधव नारायण, गढीमाई, बृन्दावन लगायतका नगरपालिकाको सयौं सर्वसाधारण आम नागरिकसंग हैण्डपाइप जडानको नाममा रकम असुली गरी लाखौं रकम ठगी गरेको बताइएको छ ।
विगत केही महिनादेखि संस्थाका अध्यक्ष आलमले विभिन्न पालिकामा हैण्डपाइपन जडानको नाममा रकम असुली गरी सर्वसाधारणलाई दिनदहाडै ठग्ने काम गरिरहेको गुनासो बढेको छ ।
राजपुर नगरपालिकाको वडा नं २ फतुवा महेशपुरको एक ठगिएका व्यक्तिका अनुसार बिदेशी दातृ निकायको सहयोगमा निःशुल्क शुद्धपानी खानको लागि ल्याइएको हैण्डपाइप जडान गर्दा संस्थाले मनपर्दी रकम उठाएर सर्वसाधारणलाई ठग्ने काम गरेको बताएका छन् ।
उनले भने, ‘निःशुल्क शुद्ध खानेपानीका लागि २ सय देखि ३ सय फिट भन्दा माथि हैण्डपाइप जडान गर्न संस्थाले बिदेशी दातृ निकायबाट रकम पाएका हुन्छन तर यिनीहरूले आफ्नो व्यक्तिगत लाभ उठाउदै पुरै आर्सेनिकले भरिएको २५ देखी ३५ र ५० फिटसम्म मात्र पाईप जडान गर्ने गरेका छन’ । त्यसमा पनि २ हजार देखि २५ हजारसम्म पैसा सर्वसाधारण जनतासँग असुली गरिरहेको समेत उनले गुनासो गरे ।

बिदेशी दातृ निकायले उपलब्ध गराएको रकम अनियमितता गर्न संस्थाले रकम असुली गर्ने गरेको र दुषित पानी खुवायर मानव स्वास्थ्यसंग खेलवाड गर्ने काम गरेको भएपनि संस्थाका पदाधिकारीहरुलाई कार्यवाही गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयबासीको गुनासो छ ।

श्रोतका अनुसार संस्थाले बारा जिल्लाको सिम्रौनगढ नगरपालिका, रौतहटको अधिकांश पालिका र सर्लाही जिल्ला समेतमा करोडौंको कल जडान गरि लाखौंलाख रकम हिनामिना गर्दै जनता र बिदेशी दातृ निकाय दुबैलाई ठग्ने काम गरेको छ । संस्थाले रौतहटका साथै बारा र सर्लाही जिल्लालाई समेत कार्यक्षेत्र बनाएर काम गरिरहेको श्रोतको दावी छ ।

बिदेशी दातृ निकायको रकम अनियमितता गर्ने तथा सर्वसाधारण जनतालाई ठग्ने संस्थाका अध्यक्ष गु्रफान आलम सहित ठगी धन्दामा संलग्न पदाधिकारीहरुलाई कार्यवाही गर्न माग स्थानीयहरुले गरेका छन । यी परोपकारी केन्द्र नेपाल नाम जस्ता रौतहटमा दर्जनभन्दा बढी संस्था रहेको छ जुन चाहिँ नेपाल सरकार गृहमन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन कार्यालय गौर, रौतहट वा अन्य नेपाल सरकारको अधिनमा रहने कार्यालयमा आबद्ध रहेको छैन । बिदेशी दातृ निकायसँग भारतमा प‌ैसा विभिन्न खाता वा माध्यमले मंगाएर लाखौंलाख नेपाल सरकारको कर छली गरिरहेको एक श्रोतका अनुसार खुलेको छ । यो संस्थाका अध्यक्षहरूले गाउँ-घरको सर्वसाधारण व्यक्तिहरूको नाममा मनि ट्रान्सफर IME मार्फत रकम नेपालमा पठाउन लगाएर त्यो नामको नागरिकता लिएर एक-दुई हजार रकम दिएर पैसा समेत झिकिरहेको छ । जनताको जीवनस्तरमा असर पुर्‍याउने उदेश्यको साथ आफ्नो व्यक्तिगत यनि हाउ पैसा कमाउने तिर लागेर एकजनालाई नि:शुल्क जडान गर्नुपर्ने स्थानमा २५-२५ फिटको हिसाबले ३ वा ४ जनाको आगनमा कल हैण्डपाईप जडान गरि पुरै आर्सेनिकले भरिएको पानी खुवाउन बाध्य बनाई रकम असुली रहेको हुनाले यस्तो कार्य अविलम्ब बन्द गरि कार्वाही गर्न एक पीडितले सम्बन्धित निकायसँग माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here