महोत्तरी ५ माघ ।। महोत्तरीमा आफूलाई प्रहरीको गुप्तचर भन्दै लुटपाट गर्ने गिरोह पक्राउ परेको छ । बुधबार बर्दिबास नगरपालिका १४ का २२ वर्षीय निरज साह सोनार, गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २२ वर्षीय सनम मगर, वडा नं. १२ चल्की टोलका शैलेन्द्र राउत, र जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलका १९ वर्षीय दीपक राउतसमेत ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट लुटपाट गरी लगेका सामानसमेत बरामद गरेको छ । पक्राउ परेका गिरोहले पुस २८ गते अपराह्नको समयमा सर्लाही हरिवन नगरपालिकाका राहुल महतोलाई नियन्त्रणमा लिई बर्दिबास ४ स्थित चेरुको जङ्गलमा लागि लुटपाट गरेको बर्दिबास प्रहरीका प्रहरी नायव निरीक्षक रवि रावलले बताए ।

आफूलाई प्रहरीको सीआइडी हुँ भन्दै गिरोहले पीडित महतोलाई जङ्गली क्षेत्रको एकान्त स्थानमा पुर्‍याई, घेरा हालेर काबुमा पारि साथमा रहेका ७५ हजार नगद चाँदीको ब्रासलेट, लेन्ससहितको नेकोन एएफएस क्यामेरा, ३ थान मोबाइलसमेत लुटेका थिए ।

लुटपाटपछि पनि गिरोहले आफूहरू पुलिसको सीआइडी भएकोले घुसबापत २२ हजार माग गरी त्रासमा पारेको र नदिए बर्दिबास एरियाबाट चोरी भएका मोटरसाइकलको मुद्दामा फसाई दिने र भिडिओ बनाएर भाइरल गरी दिने धम्की दिएका थिए । बर्दिबास प्रहरीमा महतोले दिएको उजुरीपछि घटना विवरण र हुलियाको आधारमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here