काठमाडौं १७ भदौ ।। निर्वाचनमा श्रीमान र श्रीमती उम्मेदवार हुन नपाउने विषय उठेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद जीपछिरीङ लामाले श्रीमान र श्रीमती दुईवटै उम्मेदवार भए त्यो खारेज गर्ने नियम बनाउनुपर्ने माग गरे ।

उनले भने, ‘श्रीमानले प्रत्यक्षमा टिकट पाएपछि श्रीमतीले समानुपातिकमा र श्रीमानले समानुपातिकमा टिकट पाएपछि श्रीमतीले प्रत्यक्षमा टिकट पाउने परिपाटी हटाउनुपर्छ । श्रीमान र श्रीमती दुवैले टिकट पाउँदा अरु कार्यकर्ताले टिकट नपाउने र सधैं समस्या परिरहेका छन् ।

आयोगले नियमावली संशोधन गरेर श्रीमान र श्रीमती दुबैजनाले उम्मेदवार पाउने व्यवस्था खारेज गर्नुपर्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here