जनकपुरधाम ०१ भदौ ।। मंगलबार साँझ निहारिका सिंह राजपुतले बलात्कारको आरोप लगाएका शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट सफाइ पाएपछि थुनामुक्त भएका शिवराजलाई अदालतबाट न्याय नपाएको भन्दै निहारिकाले आत्मदाहसम्मको प्रयास गर्दा पुनः पक्राउ परेका हुन् ।

तर प्रहरीले भने पक्राउ परेका शिवराजमाथि निहारिकाको मुद्दामा कारबाही अगाडि बढाएको छैन् । अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए ।

शिवराजले फेसबुकमा जथाभावि लेखेको देखेपछि सोधपुछका लागि बोलाउन खोज्दा उनले प्रहरीमाथि नै अभद्र व्यवहार गरेको प्रवक्ता क्षेत्रीले बताए । यही मुद्दामा जिल्ला प्रशासन कार्यालयमा म्याद थपका लागि लगेको उनले बताए ।

निहारिकाले शिवकुमारले बलात्कार गरेको र बलात्कारपछि जन्मिएको छोरा उनैको भएको आरोप लगाउँदै आएकी छन् । जिल्ला अदालतले बलात्कारको मुद्दामा श्रेष्ठलाई सफाइ दिएपछि निहारिकाले बच्चा र श्रेष्ठको डीएनए परीक्षणको माग गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here