काठमाडौँ २४ असार ।। जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ । शुक्रबार बिहान आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो । गोली लागी गम्भीर घाइते भएका उनको उपचारको क्रममा निधन भएको हो ।

जापानी मिडियाका अनुसार गोली लागेपछि आबेलाई कार्डियाक अरेस्ट भएको थियो । गोली चलाएको आशंकामा प्रहरीले ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । संदिग्ध व्यक्ति तेत्सुया यामागामीलाई उद्धृत गर्दै पुलिसले आबेसँग असन्तुष्ट रहेको र उनलाई मार्न चाहेको बताएको छ ।

यामागामीलाई निशी पुलिस स्टेसनमा लगिएको छ । पश्चिमी सहर नारामा भएको गोलीकाण्डलाई जापानको लोकतन्त्रको जगमा अस्वीकार्य आक्रमण भएको भन्दै प्रधानमन्त्री फुमियो किशिदाले निन्दा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here