काठमाडौं २६ साउन ।। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिग पुस ८ गतेबाट गर्ने निर्णय गरेको छ । बुधबार एन्फा कम्प्लेक्समा बसिरहेको एन्फा कार्यसमिति बैठकले ए डिभिजन लिग पुस ८ गतेबाट चैत ४ गतेसम्म गर्ने निर्णय गरेको हो ।

त्यस्तै सी डिभिजन लिग असोज १ गतेबाट ३० गतेसम्म गर्ने निर्णय गरेको छ । त्यस्तै बी डिभिजन लिग चैत ६ गतेदेखि वैशाख १५ गतेसम्म गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here