काठमाडौँ १८ साउन ।। राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तसम्म कक्षा ११ मा बिद्यार्थीहरुको भर्ना लिन निर्देशन दिएको छ । विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर बोर्डले साउन मसान्तसम्म पुर्‍याएको छ ।

बुधवार सार्वजनिक सूचना जारी गर्दै परिक्षा बोर्डले एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो ।

छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्ना अवसरबाट बञ्चित भएको गुनासो आएको भन्दै त्यस्तो निर्देशन दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here