काठमाडौं २९ असार ।। सांसद भीम रावलले नागरिकता जस्तो संवेदनशील विषयमा २/२ वर्ष गरेको अभ्यासलाई निरर्थक नबनाउन सरकारलाई आग्रह गरेका छन् । संसदमा बोल्दै सांसद रावलले नागरिकतासम्बन्धी विषय अत्यन्तै संवेदनशील रहेको भन्दै यो विषयलाई उदार बनाउन नहुने बताएका हुन् ।
उनले भने,’संवेदनशिल भुराजनीति अवस्थामा महिलाहरुलाई बीहे गर्दा वित्तिकै नागरिकता दिनुपर्छ । त्यसो भए नेपाली महिलाले विदेशमा विहे गरे सजिलै नागरिकता पाउनुपर्छ की नाई ? महिलाको अधिकार हनन गर्ने विषय होइन । अंगीकृत नागरिकलाई प्रकृया पुरा गरेर नागरिकता दिनुपर्छ ।
उनले सरकारको पहिलो कर्तव्य देशलाई बलियो बनाउने भएको बताए । रावलले भने, ‘नागरिकता जस्तो संवेदनशील विषयमा २/२ वर्ष गरेको अभ्यासलाई निरर्थक नबनाइयोस । नागरिकताको विषयलाई राजनीतिक दाउपेचको विषय नबनाइयोस। नागरिकताका सम्बन्धमा विदेशीलाई दुइ प्रकारको नागरिकताको लागि ढोका खोल्ने काम नहोस ।