काठमाडौं २३ असार ।। साझा यातायातले नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा ल्याइएका तीनवटा विद्युतीय बस बिहीबारबाट सञ्चालमा आएका हुन् । साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त विद्युतीय बसको हरियो झण्डा देखाएर शुभारम्भ गरे ।

विद्युतीय बस रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्टको रुट र लगनखेल, रत्नपार्कहुँदै बूढानीलकण्ठ रुटमा सञ्चालन भएको साझा यातायातले जानकारी दिएको छ ।

साझाका तीनवटै बसमा चालक र सह-चालक महिला छन् । अन्य ३७ वटा बस श्रावण महिनाभित्रै भित्राउने र दशैअघि सेवा सुरु हुने बताइएको छ । साझा यातायाले विद्युतीय बसको चार्जिङ स्टेसनका लागि सरकारले जग्गा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here